भिडियो

‘भ्वाइस किड्स’ सिजन ४ को डिजिटल अडिसन खुला

Banner

काठमाडौं, माघ १५-

सांगीतिक रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ४ को डिजिटल अडिसन खुला भएको छ ।

‘हिमालय रोडिज सिजन ६’ को फिनाले एपिसोडमार्फत ‘भ्वाइस किड्स’को डिजिटल अडिसनको लागि आवेदन खुला भएको जनाइएको हो ।

६ देखि १४ वर्ष उमेरसमूहका बालबालिकाले आफ्नो गायन प्रतिभा समेटेर डिजिटल अडिसन दिन सक्ने जनाइएको छ । एक महिनासम्म ९८१०१२४११० नम्बर मोबाइलको ह्वाट्सएपमा आवेदन दिन सकिनेछ ।

‘भ्वाइस किड्स’ सिजन ४ को जेठदेखि प्रसारण लक्ष्य रहेको हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले जनाए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>