समाचार

जङ्गी अड्डामा भोलिदेखि बृहत् प्रदर्शनी

Banner

काठमाडौं, माघ १४-

नेपाली सेनाले भोलि (मंगलबार)देखि फोटो तथा बृहत् प्रदर्शनी आयोजना गर्ने भएको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनी जङ्गी अड्डामा हुनेछ।

नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरणको प्रदर्शनी गरिनेछ। त्यसका साथै सैनिक पोशाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयको विविध प्रस्तुति रहनेछ ।

आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना हुने गर्न लागेको निर्देशनालयले जनाएको छ। प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपाली सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने विश्वास लिएको सूचना निर्देशनालयको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

माघ १८ गतेसम्म चल्ने प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>