मनोरञ्जन

‘पूर्ण बहादुरको सारङ्गी-२’ बन्दै, एकै दिन दुईवटा सिनेमा निर्माणको घोषणा

Banner

काठमाडौं,माघ १३-

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलले दुईवटा चलचित्र निर्माणको घोषणा गर्ने तयारी गरेका छन् । उनले एकै दिन दुईवटा चलचित्र निर्माणको घोषणा गर्न लागेका हुन् । ‘पूर्ण बहादुरको सारङ्गी’ व्यापारिक रूपमा सफल भएपछि निर्माता पौडेलले आज ‘सक्सेस पार्टी’ आयोजना गरेका छन् । सोही अवसरमा उनले दुईवटा नयाँ चलचित्र निर्माणको घोषणा गर्न लागेका हुन् ।

उनले ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’ घोषणा गर्न लागेको स्रोतले बताएको छ । ‘पूर्ण बहादुरको सारङ्गी–२’ विसं. २०८२ मा र ‘रोल नं १’ २०८३ मा रिलिज गर्ने तयारी छ । चलचित्र ‘रोल नं १’ बालमनोविज्ञानमा आधारित रहेर बन्ने बताइएको छ ।

एक करोड ३० लाखमा निर्माण भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यसको सफलतापछि निर्माता पौडेलले यसको सिक्वेल बनाउने भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>