घटना -दुर्घटना
बाख्रा चराउन गएका दिदी बहिनी मृत भेटिए
०

सुर्खेत, माघ १३-
अछाममा दुई किशोरी मृत भेटिएका छन्।
शुक्रबार बाख्रा चराउन गोठाला गएका ढकारी गाउँपालिका-८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार एकै घरका दुई बहिनीहरूको शव शनिबार अपराह्नतिर अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीले घटना निकै शंकास्पद देखिएकाले अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर मगाएको बताए। घटनास्थलमै रहेका डीएसपी भण्डारीका अनुसार शव भेटिएको स्थानको माथितिर ढुंगैढुंगाको ठुलो भीर छ ।
त्यहाँबाट खसेका हुन् कि भन्ने प्रारम्भिक बुझाइ भएपनि वास्तविकता अनुसन्धानबाट मात्र खुल्ने उनले बताए।’दुवै किशोरीको शरीरमा चोटपटकको निसाना देखिएको छ,उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























