समाचार

४ दिनअघि भागी विवाह गरेको जोडी मृत फेला

Banner

रुकुम,माघ १२-

रुकुम पश्चिममा केही दिनअघि भागी विवाह गरेको एक जोडी मृत फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार शनिबार बिहान उक्त जोडी मृत फेला परेको हो। प्रहरीका अनुसार केही दिनअघि भागी विवाह गरेका जिल्लाको त्रिवेणी गाउँपालिका-४ खुम्चेरीका वर्ष १९ का लोकेन्द्र खड्का र वर्ष १९ की सपना पुन मगर मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले सोही गाउँपालिकाको वडा नम्वर ६ मा घर भएकी सपनालाई लोकेन्द्रले केही दिनअघि भगाएर विवाह गरेका कुरा स्थानीयले बताएको जानकारी दिए। साथै डिएसपी विष्टले शनिबार बिहान करिब ९ बजेको समयमा लोकेन्द्रको घरमा दुवै जना मृत फेला परेको बताए।

डिएसपी विष्टकाअनुसार लोकेन्द्रको शव झुण्डिएको अवस्थामा फेला परेको छ। घटनाको थप अनुसन्धान भइरहेको बताउँदै विष्टले आफन्तहरू आएपछि विस्तृत अनुसन्धान थाल्ने बताए। स्थानीयका अनुसार उनीहरुले चार दिनअघि भागी विवाह गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>