खेलकुद
सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि
०

काठमाडौँ, माघ १२-
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि जितेको हो ।
सुदूरपश्चिमले लिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























