अन्तर्राष्ट्रिय
पाकिस्तानमा सन् २०२४ मा जन्मेका १४ लाख शिशु भोकमरीको चपेटामा
०

काठमाडौं, माघ १२-
सन् २०२४ मा जन्म लिएका कुल १ करोड ८२ लाख शिशु भोकमरीको शिकार भएको पाइएको छ । जसअनुसार हरेक मिनेट जन्मिनेमध्ये ३५ शिशुको जन्म भोकमरीग्रस्त क्षेत्रमा भएको छ ।
पाकिस्तानमा मात्रै सन् २०२४ मा जन्म लिएका १४ लाख शिशु भोकमरीको चपेटामा परेको सेभ दि चिल्ड्रेनले सार्वजनिक गरेको एक तथ्याङ्कमा उल्लेख छ । उक्त तथ्याङ्कमा पाकिस्तानको कुल जनसङ्ख्यामध्ये २० प्रतिशतभन्दा धेरैले अपर्याप्त पोषणको सामना गरिरहेका छन् ।
बढ्दो जनसङ्ख्याका कारण पाकिस्तानमा यो समस्या थप बढिरहेको छ । सन् २०२४ मा पाकिस्तानको जनसङ्ख्या २४ करोड १० लाख पुगेको छ ।
आर्थिक अस्थिरता, राजनीतिक अनिश्चितता, मौसम परिवर्तन, बढ्दो गरिबीजस्ता कारण पाकिस्तानीहरू कुपोषण र अपर्याप्त पोषणको शिकार भइरहेको जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























