घटना -दुर्घटना

बैतडीमा जिप दुर्घटनाः दुईको मृत्युु चार घाइते

Banner

बैतडी, माघ १२-

जिल्लाको सिगास गाउँपालिका-१ माडौँमा आज बिहान भएको जिप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका-१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सिगास-१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक फरार छन् । रासस

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>