धरान

मन्त्री यादवलाई हर्कको जवाफः म फर्किएपछि बर्बराएको सुहाएन, काम गरेर देखाऊ, बधाइ दिनेछु

Banner

काठमाडौँ, माघ १२-

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवलाई काम गरेर देखाउन सुझाव दिएका छन्। शनिबार सामाजिक सञ्जालमा उनले आफू फर्केपछि मन्त्री यादवले नानाथरी आरोप लगाएको भन्दै यस्तो बताएका हुन्।

उनले लेखेका छन्, ‘खानेपानी मन्त्रीले मैले थोत्रे गाग्री लिएर आएकोमा गुनासो पोख्दै हिजो (शुक्रबार) दिनभरि बर्बराएछ। नहुने आरोप नि लाइराखेको देखेँ। मेरो सामुन्ने बहस गर्दा हुन्थ्यो तर यसरी म फर्किसकेपछि बर्बराएको सुहाएन। अब बर्बराउन छोडेर काम गर है। काम गरेर देखाऊ, बधाइ दिनेछु। होइन भने जनताले मूल्याङ्कन गर्ने नै छन्।’

शुक्रबार मन्त्री यादवले साम्पाङमाथि नाटक गरेको आरोप लगाएका थिए। धरानको खानेपानी आयोजना निर्माणका लागि बजेट माग्दै साम्पाङ थोत्रो गाग्री बोकेर काठमाडौं आएर मन्त्री यादवसँग भेट गरेका थिए। तर, सिंहदरबारको गेटमा प्रहरीले गाग्री भित्र लैजान नदिएर नियन्त्रणमा लिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>