मनोरञ्जन

जनतालाई दुःख दिने एयरलाइन्सको काम नरहेको भन्दै श्री एयरलायन्सप्रति समीक्षाको आक्रोस

Banner

काठमाडौँ, माघ ६-

सामाजिक सञ्जाल मार्फत गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमा अलपत्र पारेको भन्दै गुनासो गरेकी छिन्। जनतालाई दुःख दिने एयरलाइन्सको काम नरहेको भन्दै उनले श्री एयरलायन्स प्रति आक्रोस व्यक्त गरेकी हुन्।

‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो। तर, एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्,’उनले सामाजिक सञ्जालमा लेखेकी छिन्।

यसतै केही दिनअघि पनि श्री एयरलायन्सको फ्लाइट डिले हुँदा नेपालगञ्जको कार्यक्रम नै छुटेको उनको गुनासो छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>