मनोरञ्जन

टेलिकमले ‘प्रेमगीत ३’ लाई १ रुपैयाँमा देखाउँदै

Banner

काठमाडौं, पुस १०-

प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ लाई नेपाल टेलिकमले १ रुपैयाँमा देखाउने भएको छ । टेलिकमले फेसबुक पेजमार्फत आउने शनिबारदेखि प्रयोगकर्ताले यो फिल्म हेर्न पाउने जनाएको हो ।

टेलिकमको एनटीटिभीमा १३ पुस शनिबारदेखि यो फिल्म हेर्न पाइने उल्लेख छ ।

शनिबार एकदिनको लागि मात्र दर्शकले यो फिल्म हेर्न पाउनेछन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्कासहित क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, प्रेम पुरी र सुनिल थापाको अभिनय छ । प्रेमकथामा आधारित फिल्म हलमा भने नेपाली र हिन्दी भाषामा प्रदर्शन भैसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>