बलिउड/हलिउड

मेरो चरित्रहत्या भइरहेको छ: अल्लु अर्जुन

Banner

काठमाडौँ,पुस ७

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले आफ्नो चरित्रहत्या भइरहेको बताएका छन्।

उनले हैदरावादमा पुष्पा २ को प्रिमियरमा भएको भागदौडलाई लिएर केही व्यक्तिहरूले नियतवश चरित्रहत्या गरिरहेको उनको आरोप छ। शनिबार पत्रकार सम्मेलनमार्फत उनले २० वर्षको चलचित्र यात्रामा कमाएको सम्मान एकै दिनमा नष्ट भएको महसुस गरेको पनि उल्लेख गरेका छन्।

उता, तेलङ्गनाका मुख्यमन्त्री रेवन्थ रेड्डीले विधानसभामा अल्लु अर्जुनको लापरवाहीका कारण एक महिलाले ज्यान गुमाउनुपरेको बताएका छन्। दुर्घटनाको बारेमा थाहा पाए पनि अल्लुले मानवीय सम्वेदना बिर्सेर रोड शो गरेको उनको आरोप थियो।

अल्लुले आफूले घाइते बालकको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिइरहेको बताएको छ। उनले यो घटनामा आफ्नो कुनै खराब नियत नरहेको र अफवाह फैलाइएको भनेका छन्।

डिसेम्बर ४ मा हैदरावादमा पुष्पा २ को प्रिमियरमा एक महिलाको मृत्यु भएको थियो, छोरा गम्भीर घाइते भएका थिए।

यस घटनामा अल्लु अर्जुन, उनका सुरक्षा टोली र थिएटर व्यवस्थापकविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। यहीँ घटनामा अल्लु अर्जुनलाई १३ डिसेम्बरमा गिरफ्तार गरिएको थियो र १४ डिसेम्बरमा जमानतमा रिहा भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>