मनोरञ्जन
एआईबाट भिडियो बनाएर गायिका समीक्षाको चरित्रहत्या
०
काठमाडौँ, पुस ६-
गायिका समीक्षा अधिकारी को चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा भिडियो भाइरल गराइएको पाइएको छ । उक्त भिडियो वास्तविक नभएर एआईको प्रयोग गरेर बनाइएको हो । यसबारे जानकारी पाएपछि शनिबार समीक्षाले आपत्ति जनाउँदै साइबर ब्युरोमा उजुरी दिने बताएकी छन् ।
उनले भनेकी छन्- ‘एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाईरल गरिएको देखें। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरु (जसले भिडियो बनाए) को वर्तमान र भविष्य उज्जवल हुनेथियो। मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन। साइबर ब्युरो जाँदैछु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>