बलिउड/हलिउड

पाँच दिनमा फिल्म पुष्पा २ ले कमायो ९०० करोड

Banner

काठमाडौं, मंसिर २५-

दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार पाँच दिनमा फिल्मले भारतीय बक्स अफिसमा ५९३ करोड भारू कमाएको छ भने विश्वव्यापी रूपमा ९०० करोड भारू कमाएको छ।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>