मनोरञ्जन
‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्म कति कमायो ?
०

काठमाडौँ,मंसिर ६-
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ आज बिहिबारबाट प्रर्दशनको चौथो सातामा प्रवेश गरेको छ । प्रदर्शनको सुरुदेखिनै आक्रमक कमाई गरिरहेको फिल्मले स्वदेशी बक्सअफिसमा मंगलबारसम्म ३७ करोडको व्यवसाय गरेको वितरक करण श्रेष्ठले बताए ।
फिल्म अहिले पनि करिब ३०० शोसहित प्रदर्शनरत छ । फिल्मको बुधबारको कमाई आउन बाँकी छ । बुधबार फिल्मले करिब एक करोड बढी व्यवसाय गरेको अनुमान गरिएको छ । विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपानेको अभिनय रहेको यो फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको कथा उठाएको छ । फिल्म सेभेन सिज इन्टरटेनमेन्टले १ करोड ३० लाख लगानीमा निर्माण गरेको हो । फिल्मको विदेशमा समेत राम्रो व्यवसाय गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























