मनोरञ्जन

‘पूर्णबहादुरको सारङ्गी’:१८ दिनसम्म झण्डै ३६ करोड ग्रस कलेक्सन, अमेरिकामा कमायो ५ लाख डलर

Banner

काठमाडौं, मंसिर ४-

ब्लकबस्टर ‘पूर्णबहादुर सारङ्गी’ले डायस्पोरामा समेत उछाल कमाइ गरिरहेको छ । विजय बराल स्टारर फिल्मले अमेरिकामा एकपछि अर्को कीर्तिमान रचिरहेको छ ।

वितरण कम्पनी नेपाल इलेभेन इन्टरटेनमेन्टले अमेरिकामा प्रदर्शनको १० दिनसम्मको कलेक्सन सार्वजनिक गरेको छ । जसअनुसार फिल्मको कुल कलेक्सन ५ लाख डलर (करिब ६ करोड ७५ लाख रुपैयाँ) छ । नोभेम्बर ८ मा रिलिज भएको थियो ।

वितरक प्याट्रिक सुवेदीले २०० भन्दा धेरै शोबाट फिल्मले उक्त कमाइ गरिरहेको बताए । गत शनिबार फिल्मले २२६ शोसहित सर्वाधिक शो पाउने नेपाली फिल्मको कीर्तिमान रचेको थियो ।

अहिले अमेरिकाभरका ६६ हलमा २०० हाराहारीको शोसहित प्रदर्शनरत छ । बक्स अफिसमा पहिलोपटक बृहतरुपमा प्रदर्शनमा आएको फिल्मले नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सास, पेन्सिलभेनिया र ओहायोमा उच्च कमाइ गरेको छ ।

फिल्मले नेपालमा भने १८ दिनसम्म झण्डै ३६ करोड ग्रस कलेक्सन गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>