मनोरञ्जन
गायक हेमन्त शर्मा अस्ट्रेलियाको सिड्नीमा सम्मानित
०

सिड्नी, कात्तिक २५-
गायक हेमन्त शर्मा अस्ट्रेलियाको सिड्नीमा सम्मानित भएका छन् । सिड्नीको ग्रयानभिलमा रहेको फ्लेभर्स अफ नेपालमा विशेष समारोकार्यक्रममा हेमन्तले आफ्ना लोकप्रिय गीत समेत प्रस्तुत गरेका थिए । सांगीतिक कार्यक्रमको दौरान तीन सातादेखि अस्ट्रेलियामा रहेका हेमन्त विभिन्न सहरमा नेपालीमाझ गुञ्जिइसकेका छन् ।
हेमन्तको अस्ट्रेलिया सांगीतिक यात्राको संयोजन दिदीबहिनी इभेन्टले गरेको हो ।