मनोरञ्जन

‘बेहुली फ्रम मेघौली’ ले ओटीटीबाट २ दिनमै कमायो ४४ लाख

Banner

काठमाडौँ, कात्तिक १२-

निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ले ओटीटीमाबाट २ दिनमै ४४ लाख कमाएको छ । शुक्रबार ओटीटी प्लेटफर्म एमएसएस भिडिओमा स्ट्रिमिङ भएको यस फिल्मलाई ११ हजारपटक हेरिएको छ। जसबाट ४४ लाख कमाइ भएको हो ।

फिल्मकी निर्मात्री स्वस्तिमाले २ दिनमा ११ हजार प्लस स्ट्रिमिङ भएको भन्दै फेसबुकमा दर्शकलाई धन्यवाद दिएकी छन्। ४०० रुपैयाँ तिरेर यस फिल्मलाई ओटीटीमा हेर्न सकिन्छ। यस अर्थमा ११ हजार स्ट्रिमिङ भएबापत फिल्मले ४४ लाख कमाइसकेको छ। दर्शकबाट पनि फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ।

घटस्थापनाका अवसरमा असोज १७ गते रिलिज यस फिल्मलाई दर्शकले निकै मन पराएका थिए। पहिलो साताभर साढे तीन करोड कमाएको थियो। तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी फिल्म हुँदा पर्याप्त सो पाउन सकेन।

यसपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोखे। साथै आफूले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका थिए। त्यसपछि उनले फिल्मलाई हलबाट निकाले। यसपछि ओटीटीमा राखिएको हो।

निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>