बलिउड/हलिउड

झुटो र अपमानजनक बयान प्रकाशित गर्यो भनेर शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राले मिडियाविरूद्ध दिए उजुरी

Banner

काठमाडौं, असोज ३०-

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राले मिडियाविरूद्ध प्रहरीमा उजुरी दिएका छन्।

उनले एक समाचार र युट्युब च्यानलले आफ्नो बारेमा अपमानजनक दावी गरेको भन्दै उजुरी दिएका हुन्। उनले जुहू पुलिस स्टेशनमा लेखकविरूद्ध भारूया न्याय संहिता, २०२३ को धारा ३५६ ९३० को मामिला दर्ता गरेका छन्।

यस बारेमा राज कुन्द्रा भन्छन्, ‘मिडियाले मलाई यो कदम उठाउन बाध्य बनाएको हो। उनीहरूले धेरै पटक झुटो र अपमानजनक बयान प्रकाशित गरेर मेरो छवि बिग्राने कोसिस गरे। मैले हटाउन नोटिस पनि पठाएको थिएँ। तीन वर्ष भयो, जसमा तीन जज बदलिए। तर कुनै कारबाही भएन।

उनले थप्दै भने, ‘मलाई कानूनमाथि पूरा भरोसा छ। म मिडिया द्वारा दोषी ठहर हुने हकदार होइन।’अदालतले जुहु पुलिसलाई यस मामिलामा जाँच गर्न अनुमति दिएको छ।

राज कन्द्रा पछिल्लो समय विभिन्न मुद्धामा फसिरहेका छन्। उनीविरूद्ध अश्लील भिडिओ सुटिङ तथा प्रसारण र मनी लन्ड्रिङ जस्ता आरोप लागेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>