देश/प्रदेश

भारतीय गायक नौटियालले पहिलोपटक काठमाडौंमा सांगीतिक प्रस्तुति दिने

Banner

काठमाडौं, असोज २२-

भारतीय गायक जुबिन नौटियालले मंसिर २९ गते पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । बलिउडका चर्चित पार्श्व गायक समेत रहेका उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् ।

काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा उनको लाइभ प्रस्तुति रहने जनाइएको छ । यो च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको छ ।

एन-अटिजम केयर फाउण्डेसनले कन्सर्ट आयोजना गरेको हो । सन् २०१४ मा रिलिज भएको बलिउड फिल्म ‘सोनाली केबल’मा पार्श्व गायन गर्दै सांगीतिक करिअर थालेका नौटियालले नेपाली फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणमा समेत स्वर दिएका छन् ।

उनले गाएको फिल्म ‘शेरशाह’को गीत ‘रात लम्बियाँ’, अर्को फिल्म ‘बजरंगी भाइजान’को ‘जिन्दगी कुछ तो बता’, ‘तु सुरज में साँझ’ लागयत हिट छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>