मनोरञ्जन
‘प्रेमगीत ३’ नेपाली ओटीटी प्लाटफर्म ‘सिनेमाघर’मा रिलिज
०

काठमाडौं, असोज ९-
‘प्रेमगीत ३’ नेपाली ओटीटी प्लाटफर्म ‘सिनेमाघर’मा रिलिज भएको छ । २०७९ सालको दशैंमा हलमा रिलिज भएको फिल्म अब ओटीटी प्लाटफर्ममा रिलिज भएसँगै अब सबै देशबाट दर्शकले नेपाली भाषामा यो फिल्म हेर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
हलमा चाहिं नेपाली र हिन्दी भाषामा रिलिज भएको थियो । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा र योगिशा खत्रीको अभिनय छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























