भिडियो
फिल्म ‘खुस्मा’ को गीत ‘रूकुम मैकोट’ युट्युबको ग्लोबल ट्रेन्डिङमा
०

काठमाडौं, असोज ७-
अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’को गीत ‘रूकुम मैकोट’ पनि युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ।
युट्युबको विश्वव्यापी हेरिएका शीर्ष १०० म्युजिक भिडिओमा यो गीत पर्न सफल भएको हो।
सोमबार बिहान यो गीत ७३ औं स्थानमा छ।
गीत युट्युबको नेपाल ट्रेन्डिङमा संगीत खण्डतर्फ केही दिनदेखि लगातार पहिलो नम्बरमा छ। एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको लोकलयको यो गीतको भिडिओमा फिल्मका शीर्ष कलाकार धिरज मगर र उपासना सिंह ठकुरी फिचर्ड छन्। भिडिओलाई अहिलेसम्म १ करोड ४२ लाखभन्दा बढी पटक हेरिएको छ। टिकटक र फेसबुक रिल्समा पनि गीत भाइरल छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























