मनोरञ्जन
करण परियारले पहिलोपटक विदेशको कार्यक्रममा प्रस्तुति दिने
०

काठमाडौँ, साउन १७-
गायक करण परियारले पहिलोपटक विदेशको कार्यक्रममा प्रस्तुति दिने भएका छन् । नेपाल आईडल सिजन ५ का विजेता करणको उपस्थितिमा यूएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको हो ।
आगामी अगष्ट ३ र ४ तारिखमा यूएईको राजधानी अबुधाबी र दुबईमा हुने कार्यक्रममा करणसहित फस्ट रनरअप सलोनी गुरुङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोइराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन्।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो।