मनोरञ्जन
हरिवंश आचार्यको नाकको नशा फुटेको पुष्टि, अवस्था सामान्य
०

विराटनगर, साउन ७-
हास्य कलाकार मह जोडीमध्येका एक हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ ।
आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो हालको अवस्था सामान्य रहेको बताएका छन् । ‘शनिवार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा मदन दाइ र म विराटनगर आएका थियौँ,’ उनले लेखेका छन्, ‘अचानक नाकबाट रगत बगेर होटेल नजिकै भएको सप्तकोसी अस्पताल पुगेँ र त्यहाँबाट विराट नर्सिङ होम इएनटि डिपार्टमेन्टमा उपचार हुँदैछ र म सामान्य अवस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेसर सामान्यै थियो।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























