अन्तर्राष्ट्रिय

बंगलादेशमा रोकिएन हिंसा, राजधानीमै मारिए थप १० जना

Banner

काठमाडौँ, साउन ६-

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनमा हिंसा रोकिने कुनै संकेत देखिएको छैन।

देशव्यापी कर्फ्युका बाबजुद राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा कम्तीमा थप १० जनाको मृत्यु भएको छ। यस अवधिमा कम्तीमा ९१ जना घाइते भएका छन्। मारिनेमा दुई प्रहरी पनि छन्।

ढाकाको जात्राबारीको रायबागमा ८ जनाको मृत्यु भएको छ भने मिरपुर र अजिमपुरमा गरी जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो, बीबीसी संवाददाताहरूले ढाकाको बड्डा र सैयदाबाद क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको देखेको बताएका छन्।

मंगलबारदेखि जारी हिंसामा हालसम्म देशभर कम्तीमा ११० जनाको मृत्यु भइसकेको छ।

बंगलादेशी सरकारले शुक्रबार मध्यरातबाट देशभर कर्फ्यु लगाएको छ। योसँगै देशभर सेना परिचालन गरिएको छ। कर्फ्यु आइतबारसम्म लम्ब्याइएको छ। यसबाहेक आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>