अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा भारी वर्षाका कारण ३ जनाको मृत्यु

Banner

काठमाडौँ, असार २७-

दक्षिण कोरियाको दक्षिणी क्षेत्रहरूमा रातभर परेको भारी वर्षाको कारण तीन जनाको मृत्यु भएको छ । साउथ चुङचेङ प्रान्तको नोन्सान शहरमा रहेको स्टुडियो अपार्टमेन्ट भवनको डुबानमा परेको लिफ्टबाट बिहान ३ बजे एक पुरुषको शव निकालिएको हो । ७० वर्षका एकजना मानिस बिहान ३ः५७ बजे दक्षिणी चुङचेओङ प्रान्तको सिओचेन काउन्टीमा पहिरोका कारण भत्किएको घरभित्र हृदयघात भएको अवस्थामा फेला परेका थिए । उनलाई अस्पताल लगिए पनि मृत्यु भएको पुष्टि चिकित्सकहरुले गरेका थिए । बिहान ३ः१६ बजेसम्म करिव एक घण्टासम्म सिओचोन काउन्टीमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो । उत्तर ग्योङसाङ प्रान्तको डेगु शहरमा बुधवार अर्का एक व्यक्ति अज्ञात कारणले मृत फेला परेका छन् ।

ती व्यक्ति खोलामा डुबेको अनुमान गरिएको छ । उत्तरी चुङचेओङ प्रान्तमा एक जना बेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । साउथ चुङचेङ र उत्तर जिओला प्रान्तहरूमा मध्यरातदेखि बिहान ५ बजेसम्म ११८.५ मिलिमिटरदेखि २५५.० मिलिमिटरसम्म वर्षा भएको थियो । वर्षाले बाढीले डुबानमा परेका सडक, खाल्डाखुल्डीलगायत सार्वजनिक संरचनामा १९५ र डुबानमा परेका घर, कारलगायत निजी संरचनामा ९२ वटा क्षति भएको विवरण आएको छ । वर्षाले ३ हजार ७२ जनालाई विस्थापित गराएको छ । जसमध्ये १ हजार ४०४ जनालाई घर फर्कन अनुमति दिइएको थियो । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>