अन्तर्राष्ट्रिय
गाजाको विद्यालयमा इजरायली हवाई आक्रमणः २५ जनाको मृत्यु
०

काठमाडौँ, असार २७-
दक्षिणी गाजापट्टीको खान युनिस शहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका प्यालेस्टिनी स्रोतले बताएको छ । इजरायली विमानले मिसाइल प्रयोग गरेर खान युनिसको पूर्वमा रहेको अबसान अल–कबिरा शहरमा सयौं विस्थापित मानिसहरू बस्ने अल–अव्दा स्कुलको गेटलाई निशाना बनाइ आक्रमण गरेका थिए ।
चिकित्सा स्रोतहरूले इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित कम्तिमा २५ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको बताए । उक्त क्षेत्रमा भीडभाड भएका कारण पीडितको संख्या बढ्नसक्ने बताएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हतियार प्रयोग गरेर इजरायली वायुसेनाले हमासको सैन्य शाखाका एक आतंककारीलाई आक्रमण गरेको बताएको छ । न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























