राजनीति

ओलीको सचिवालयको स्पष्टिकरणः मन्त्रीहरूलाई बोलाएको हल्ला मात्र हो

Banner

काठमाडौँ, असार १७-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूलाई छलफलका लागि बालकोट नबोलाएको सचिवालयले बताएको छ। सचिवालयले सामाजिक सञ्जालमा लेख्दै मन्त्रीहरूलाई बालकोट नबोलाएको जानकारी दिएको हो।

सचिवालयले भनेको छ, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर मन्त्रीहरूलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ।’

यसअघि एमालेका एक पदाधिकारीले मन्त्रिपरिषद्को बैठक सकिएपछि बालकोटमा सामान्य छलफलका लागि ओलीले बोलाएको बताएका थिए।

साँझ ६ बजेका लागि बोलाइएको भएपनि केही समय ढिला हुने उनले बताएका थिए। अध्यक्ष ओलीकै कारण मन्त्रिहरुसँगको भेटघाटलाई केही पछि सारिएको उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>