राजनीति

रञ्जितालाई हटाएर दलको नेता गंगाराम चौधरीलाई बनाउने नाउपाका बहुमत सांसदको निर्णय

Banner

काठमाडौं, असार १७-

नागरिक उन्मुक्ति पार्टी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाइएको छ। पार्टीका बहुमत सांसदले अध्यक्ष रञ्जितालाई दलको नेताबाट हटाएका हुन्।

रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्। तर, रञ्जिताले भने हस्ताक्षर गरेकी छैनन्। दलको आइतबार बसेको बैठकले रञ्जितालाई दल नेताबाट हटाएर गंगाराम चौधरीलाई दल नेता बनाउने निर्णय गरेको हो।

त्यस्तै लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय पनि गरेको छ। यसबारे संसद् सचिवालयलाई जानकारी गराउने तयारी रहेको एक सांसदले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>