चितवन विशेष

चितवनको रत्ननगरमा माछा मार्ने क्रममा खोलामा डुबेर युवकको मृत्यु

Banner

चितवन, असार १७-

पूर्वी चितवनको रत्ननगर नगरपालिका–२ स्थित कटरिया खोलामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

आइतवार बेलुका ५ बजेको समयमा खोलामा माछा मार्न गएका स्थानीय हर्क तामाङको १८ वर्षीय छोरा सोनु तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खोलामा डुबेर अचेत भएको अवस्थामा साथीहरुले तत्काल उपचारको लागि बकुलहर अस्पताल पु¥याएका थिए ।

चिकित्सकले आइतवार साँझ साढे ७ बजे सोनुलाई मृत घोषणा गरेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा पठाइएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>