समाज

भरतपुरकी इन्दिराले गरिन् त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि

Banner

चितवन, असार १७-

भरतपुर महानगरपालिका–२६ दिव्यनगरकी इन्दिरा अधिकारी (पौडेल)ले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेकी छन् । उनले ‘आमाको प्रसवोत्तर हेरचाहको अभ्यासमा प्रभाव पार्ने सामाजिक–सांस्कृतिक निर्धारकहरू’ भन्ने विषयमा शोध अनुसन्धान गरेकी हुन् ।

पश्चिम चितवनको जानकी माध्यमिक विद्यालय मेघौलीबाट २०५४ सालमा एसएलसी उत्तीर्ण अधिकारीले चितवन मेडिकल कलेज (सिएमसी) र वीरेन्द्र बहुमुखी क्याम्पसबाट क्रमश नर्सिङ्ग र सामाजिकशास्त्र गरी दुईवटा विषयमा स्नाकोत्तरको अध्ययन पूरा गरेकी हुन् । उनले २०७४ सालमा त्रिभुवन विश्वविद्यालयमा पीएचडीको अध्ययन सुरु गरेकी थिइन् ।

यसअघि चितवन मेडिकल कलेज र मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स कलेज काठमाडौँमा उपप्राध्यापकको रुपमा काम गरिसकेकी अधिकारी हाल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह-प्राध्यापक एवं नर्सिङ प्रमुखको रुपमा कार्यरत छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>