राजनीति

राजदूत बन्न रास्वपामा २४० आवेदन, २ जना छान्ने जिम्मा स्वर्णिम र शिशिरलाई

Banner

काठमाडौं,असार १६-

राजदूत बन्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा २४० जनाका आवेदन परेका छन्। रास्वपाले बनाएको सिफारिस समितिसमक्ष अनलाइन फर्म र इमेलमार्फत २४० भन्दा बढी नाम प्राप्त भएको र तीमध्येबाट ७ जनाको नाम सभापति रवि लामिछानेलाई आइतबार बुझाइएको समितिका सदस्य शिशिर खनालले जानकारी दिए।

सभापति लामिछानेले ती ७ जनामध्येबाट पनि २ जना छनोट गर्न उपाध्यक्ष स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिखिर खनाललाई नै जिम्मा दिएका छन्। खनालका अनुसार नेपाल र विदेशमा ख्याति कमाएका विभिन्न विधाका प्रतिष्ठित नाममाथि रास्वपा अन्तर्राष्ट्रिय विभागको तर्फबाट सात जनाको समावेशी सूची पार्टी सभापति लामिछानेलाई बुझाइएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>