राजनीति

ओलीलाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेपछि आत्तिए प्रचण्ड !

Banner

काठमाडौं, असार १७-

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रधानमन्त्री बन्न’ प्रस्ताव गरेका छन् । देउवाको यस्तो प्रस्तावले अहिले राजनीतिमा तरंग ल्याएको छ ।

यो समाचार राजधानी दैनिकमा छ, शनिबार ओली निवास पुगेका देउवाले यस्तो प्रस्ताव गरेको स्रोतको दाबी छ । कांग्रेस नेतृसमेत रहेकी श्रीमती आरजु राणा देउवासहित पुगेका देउवाले बालकोटमा लामो छलफल गरेका थिए । ‘पछिल्लो राजनीतिक विषयमा छलफल भयो,’ स्रोतले भन्यो, ‘देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन्, तर ओलीले दुई–तीन दिनमा छलफललाई निरन्तरता दिँदै निष्कर्षमा पुगौं भन्नुभयो ।’

ओली र देउवाबीच भएको गोप्य छलफलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले तनावमा रहेका छन् । प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाहिर रहेका बेला ओली र देउवाबीच छलफल भएको थियो । काठमाडौं आउनेबितिकै प्रचण्डले ओलीलाई भेट्ने प्रस्ताव गरे ।

प्रचण्डकै प्रस्तावमा आइतबार सिंहदरबारमा छलफल भयो । प्रचण्ड र ओलीबीच लामो समय छलफल भएको थियो । बीचमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने पनि मिसिएका थिए ।

‘भेटमा देउवासँग के छलफल भयो ? के कुराकानी भयो ?’ भन्ने जिज्ञासा प्रचण्डले ओलीसँग राखेका थिए । जवाफमा ओलीले देउवासँग सामान्य भेटवार्ता भएको र सत्ता गठबन्धनमा कुनै तलमाथि नहुने जवाफ दिएका थिए । टीआरसीसहित पछिल्लो राजनीतिमा सामान्य छलफल मात्रै भएको ओलीको जवाफ भए पनि माओवादी केन्द्रका नेताहरू यसमा सन्तुष्ट छैनन् । आत्तिएका माओवादी केन्द्रका नेताहरूको बुझाइमा एमाले र कांग्रेसले मिलेर अहिलेको गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाएर सरकार बनाउने आँकलन छ ।

एमाले नेताहरूसँग ओली र देउवाबीच के छलफल भएको भन्ने कुरा बुझ्न प्रचण्डले अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मालाई खटाएका छन् । माओवादी केन्द्र र एमाले दुवैसँग दोहोरो छलफलमा रहेका देउवा संघीय सरकारका साथै प्रदेश सरकारमा सहभागी हुन गठबन्धन फुटाउनेगरी लागेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>