क्रिकेट

रोहित शर्मा र विराट कोहलीपछि अन्तर्राष्ट्रिय टी-२० क्रिकेटबाट रवीन्द्र जडेजाको सन्न्यास

Banner

काठमाडौं,असार १६-

१७ वर्षपछि दोस्रोपटक विश्वकप उपाधि जितेको भारतीय क्रिकेट टोलीका अलराउन्डर रवीन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन्। आइतबार उनले इन्स्टाग्राममा लेखेका छन्, ‘भारी मनका साथ म अन्तर्राष्ट्रिय टी–२० क्रिकेटलाई अलबिदा भन्छु।’

‘गर्वको साथ दौडिरहेको घोडाजस्तै मैले मेरो देशका लागि सधै आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु। र, क्रिकेटका अन्य फर्म्याटमा पनि जारी राख्नेछु।’ उनले अगाडि लेखेका छन्, ‘टी–२० विश्वकप जित्नु भनेको एउटा सपना साकार हुनुजस्तै हो। म आफ्नै टी–२० अन्तर्राष्ट्रिय करिअरको शिखरमा छु। तपाईंको सम्झना, प्रोत्साहन र अटल समर्थनको लागि सबैलाई धन्यवाद।’

बार्बाडोसमा शनिबार राति भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै १७ वर्षपछि उपाधि जितेको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>