चितवन विशेष

चितवन ल्यान्डमार्क टोस्मास्टर्स क्लबको अध्यक्षमा सञ्जीव पौडेल

Banner

चितवन, असार १६-

चितवन ल्यान्डमार्क टोस्मास्टर्स क्लबको अध्यक्षमा सञ्जीव पौडेल निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न क्लबको चौंथो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । क्षेत्रीय निर्देशक परिवर्तन रेग्मीको उपस्थितिमा नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रसमा पौडेल, सचिवमा अभिषेक रिजाल, कोषाध्यक्षमा आज्ञा प्रधाननागा, सदस्यता उपाध्यक्ष प्रज्ज्वल अधिकारी, सार्वजनिक सम्बन्ध उपाध्यक्षमा अर्जिन चटकुली र सार्जेन्ट एट आम्र्समा रचित रिमाल चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले पूर्व अध्यक्ष भट्टराईले आफ्नो कार्यकालमा उल्लेखनीय काम गर्नुभएको बताउनुभयो । उहाँले भट्टराइको कामको प्रसंसा गर्दै सबैलाई प्रेरित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले कोभिड–१९ महामारीको समयमा क्लबमा सहभागी भएको थिए । हामी सधैं ठूलो सफलता हासिल गर्न चाहन्छौं । हामीलाई थाहा छ, सफलता एकै दिनमा प्राप्त हुँदैन, निरन्तर प्रयासपछि एक दिन पक्का मिल्छ ।’ उहाँले निरन्तरको प्रयासपछि मात्र सफलता मिल्ने बताउनुभयो ।

उहाँले नयाँ कार्यसमितिको संयुक्त प्रयासले यस कार्यकाललाई सम्झनालायक बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । निर्वतमान भट्टराईले नयाँ कार्यसमितिलाई बधाई दिदैँ आफ्नो कार्यकालको अनुभव सुनाउनुभएको थियो । उहाँले यो क्लब शिक्षा, सार्वजनिक अभिव्यक्ति, व्यक्तिगत सम्बन्ध, र नेतृत्व गुणस्तर बढाउनका लागि गठन भएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>