देश/प्रदेश

सामुदायिक विद्यालयका चार सय ४० छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

Banner
भक्तपुर, असार १६ –
जिल्लाका ग्रामीण क्षेत्रमा रहेका दुई सामुदायिक विद्यालयका चार सय ४० विद्यार्थीलाई श्री जगत भैरव प्रतिष्ठानले पोसाक र शैक्षिक सामग्री एवं विद्यालयलाई ल्यापटप प्रदान गरेको छ ।
विद्यालयमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माका धर्मपत्नी राधिका शाक्यले उक्त शैक्षिक सामग्री वितरण गर्नुभएको हो । सूर्यविनायक नगरपालिका‐८ मा रहेको गणेश माध्यमिक विद्यालय र आशापुरी आधारभूत विद्यालयका छात्रछात्रालाई करिब रु पाँच लाख बराबरको शैक्षिक सामग्री एवं पोसाक वितरण गरिएको हो ।
कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै शाक्यले आफू पनि शिक्षण पेसाबाटै आएकाले विद्यार्थीको शैक्षिक समस्या र उनीहरुको शैक्षिक विकासका लागि चिन्ता हुने गरेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालय नेपालका मध्यम एवं आर्थिक अवस्था कमजोर रहेका परिवारका छोराछोरीको उज्ज्वल भविष्यको आशाको केन्द्र रहेको भन्दै यहाँ पढ्ने विद्यार्थीलाई वितरण गरिएको पोसाक र शैक्षिक सामग्रीले त्यस्ता विद्यार्थीको अध्ययनमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं श्री जगत भैरव प्रतिष्ठानका संरक्षक किरण थापाले आफ्ना बुबा र हजुरबुबाका नामबाट स्थापना गरिएको प्रतिष्ठानले सामुदायिक विद्यालय तथा विद्यार्थीको शैक्षिक वृत्तिविकासका लागि खर्च गरिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले वडाध्यक्ष हुँदा पाँच वर्षसम्म आएको तलबभत्ता सम्पूर्ण कोषलाई हस्तान्तरण गरेर त्यसमा थप रकम जम्मा गरी रु ३५ लाखको कोष खडा गर्दै प्रतिष्ठानमार्फत विद्यार्थीको पोसाक, शैक्षिक सामग्री र छात्रवृत्तिमा सहयोग गर्दै आएका छौँ ।”
कोषलाई अझ वृद्धि गरेर जिल्लाभरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब विद्यार्थीको शैक्षिक उन्नतिका लागि सहयोग गर्ने उहाँले बताउनुभयो । विद्यार्थीको शिक्षण सिकाइलाई गुणस्तरीय बनाउन प्रतिष्ठानले गणेश माविलाई गत वर्ष र यस वर्ष पनि एक एक थान ल्यापटपसमेत हस्तान्तरण गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>