मनोरञ्जन

कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि सुनिल खड्कालाई

Banner

काठमाडौँ, असार १६-

कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् । हिजो भएको फाइनल प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का च्याम्पियन बनेका हुन् ।

विजेता घोषित भएसँगै उनले नगद २५ लाख रुपैयाँसहित उपहार प्राप्त गरेका छन् । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले फस्ट रनरअप र नवलपरासीकी खनाल सेकेण्ड रनर अप बने ।

प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>