Breaking News

नेकपा एसको महाधिवेशन आजदेखि, अध्यक्षमा तीन नेताको दाबी

Banner

काठमाडौं,असार १६-

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टीको महाधिवेशन आजदेखि सुरु हुँदै छ । आज सुरु हुने महाधिवेशन २० असारसम्म चल्ने जनाइएको छ । एमालेबाट विभाजित भएर २०७८ भदौमा एकीकृत समाजवादी स्थापना भएको हो । त्यसको तीन वर्षपछि महाधिवेशन गर्न लागेको नेकपा एसले यसलाई १०औँ महाधिवेशन भनेको छ । पार्टीलाई एमालेकै निरन्तरताका रूपमा यो महाधिवेशनलाई १०औँ महाधिवेशन भनिएको हो ।

प्रज्ञा भवन कमलादीमा महाधिवेशन हुनेछ । आज बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली निकालिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमा पार्टी नेतृत्वका लागि तीन नेताले दाबेदारी प्रस्तुत गरेका छन् । हालका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबेदारी प्रस्तुत गरेका छन् ।

एकीकृत समाजवादीले महाधिवेशनबाट २१ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने भएको छ । वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरिनेछ भने उपाध्यक्षमा महिला सिटसुरक्षित गरिनेछ । त्यस्तै सम्मानित नेताको पद पनि कायमै राखिने नेकपा एसका नेताहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>