चितवन विशेष

मैत्रीपूर्ण क्रिकेटमा कस्तूरी फर्मास्यूटिकल्स् विजयी

Banner

भरतपुर,असार १६-

चितवनका दुई औषधि कम्पनीबिचको मैत्रीपूर्ण क्रिकेटमा कस्तूरी फर्मास्यूटिकल्स् प्रालि विजयी भएको छ । कस्तूरी फर्मास्यूटिकल्सले रोयल फर्मास्यूटिकल्स प्रालिलाई २५ रनले पराजित गरेको हो । शिवघाटस्थित भंगेरीथान मैदानमा कस्तूरीले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको रोयलले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रनमा समेटियो । उसका लागि ईपोक अधिकारीले सर्वाधिक ३२ रन बनाए । उनले ४० बलमा ३२ रन बनाए पनि हार टार्न सकेनन् । कस्तुरीका दीनेश रायमाझीले ३ तथा प्रदीप पौडेलले २ विकेट लिए ।

त्यस अघि पहिले ब्याटिङ गरेको कस्तुरीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । उसका लागि सन्दीप श्रेष्ठले बिष्फोटक ब्याटिङ गर्दै ७ बलमा २१ रन बनाए । आकाश महतोले १३ बलमा २० रन एवं डान्सीराम उपाध्यायले १३ बलमा १९ रन तथा रोचक श्रेष्ठले १२ बलमा १६ रन बनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>