Breaking News

विश्वकप फाइनलमा भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य

Banner

चितवन,असार १५-

संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतले दक्षिण अफ्रिकासामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको छ । भारतको लागि विराट कोहलीले ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए ।

त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९, रवीन्द्र जडेजा २ र ऋषभ पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे । बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजा र एनरिच नोर्त्जेले २-२ तथा मार्को जेन्सन र काजिसो रबाडाले एक-एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>