राजनीति

ओली र देउवाबिच बालकोटमा वार्ता

Banner

काठमाडौँ, असार १५-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार कांग्रेस सभापति देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।

बालकोटमा दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच भएको छलफलमा समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले रातोपाटीलाई बतायो । छलफलमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी डा।आरजु राणा पनि सहभागी थिइन् ।

कांग्रेस र एमालेबिच सत्ता सहकार्यको चर्चा भइरहेका बेला ओली र देउवाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । फागुन २१ मा सत्ता विमुख भएको कांग्रेसले सत्तामा फर्किन एमाले र माओवादीसँग दोस्रो तहका नेतामार्फत पछिल्लो समय दोहोरो संवाद गरिरहेको थियो ।

एमसीसी परियोजनामा सहमति जुटाउन बालकोट पुगेका देउवा डेढ वर्षपछि ओलीलाई भेट्न बोलकोट पुगेका छन् । ओली र देउवाको आजको भेटवार्ताले कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि ढोका खोल्ने देउवा निकट स्रोतले रातोपाटीलाई बतायो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>