चितवन विशेष

पटिहानीमा ५३ जनाले गरे रक्तदान

Banner

भरतपुर, १५ असार-

भरतपुर महानगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य पटिहानीमा रक्तदान कार्यक्रम गरिएको छ । चितवनमा हुँदै गएको रक्त अभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी उपशाखा पटिहानीको आयोजनामा भरतपुर-२२ उपशाखा परिसरमा गरिएको रक्तदान कार्यक्रममा ८ जना महिलासहित ५३ जनाले रक्तदान गरेको उपशाखा सचिब छविराम पौडेलले जानकारी दिए ।

भरतपुर-२२ भित्र रहेका टोल बिकास संस्थाहरु र कसरा पर्यटन ब्यबसायी समितिको सह-आयोजना एवम् भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालयको प्रवर्द्धनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । उपशाखा सभापति कृष्णहरि शर्माको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा पर्यटन व्यवसायी, विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>