चितवन विशेष

केबिए ग्लोबलको आज नारायणगढमा एजुकेशन फेयर, सहभागिलाई बिशेष छुट

Banner

भरतपुर,असार १५-

उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुलाई परामर्श,भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको केबिए ग्लोबल एजुकेशन एण्ड माइग्रेशनले आज (आइतबार) एजुकेशन फेयरको आयोजना गरेको छ । केबिए ग्लोबलको नारायणगढ लायन्सचोकस्थित आफ्नै कार्यालयमा आयोजना गरिएको फेयरमा अष्टे«लिया, क्यानडा, न्यूजिल्याण्ड, युएसए र युकेका युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

बिहान ९ बजेदेखि सुरु हुने फेयर अपरान्ह ५ बजेसम्म संचालन हुने केबिए ग्लोबलका शाखा प्रमुख अमिर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार फेयरमा साउथ्रेन क्रस युनिभर्सिटी, भिक्टोरिया युनिभर्सिटी, स्वीनबर्न युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा, युनिभर्सिटी अफ तास्मानिया, युनिभर्सिटी क्यानडा वेष्ट, वेष्टन सिड्नी युनिभर्सिटी लगायतका युनिभर्सिटी र कलेजका प्रतिनिधिहरुको सहभागिता रहनेछ । प्रतिनिधिबाट विद्यार्थी तथा अभिभावकले प्रत्येक्ष जानकारी लिन सक्नेछन । फेयरमा सहभागि विद्यार्थीलाई आइएलटिएस,पिटिइका कक्षमा सत प्रतिशतसम्म छुटको व्यवस्था गरिएको तामाङले बताउनुभयो । उहाँले फेयरमा विद्यार्थीले बैंकका प्रतिनिधिबाट फाइनाइन्सियल प्रोसेसका बिषयमा समेत जानकारी लिन सक्ने जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>