राजनीति

कम्युनिष्टहरुबीच पुनः एकता हुनैपर्छः वामदेव गौतम

Banner

काठमाडौँ, असार १५-

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरुबीच पुनः एकता हुनपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रश्ताव राख्नुपर्ने बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताउनु भयो । उहाँले जमिन उत्पादनको साधनको सबैभन्दा मुल यन्त्र भएकाले आफूसँग नलिकन समाजवाद स्थापना नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कम सेकम कम्युनिष्ट पार्टीले हामी एकता गर्छौं भनेर आफ्नो प्रश्ताव राख्नुप¥यो । हामी एकता गर्छौं । नेपालमा कम्युनिष्ट क्रान्तिकारीहरुको बीचमा एकता हुनैपर्छ । त्यही कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेको छ । समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर । राष्ट्रियकरण किन गर्ने भन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मुल यन्त्र हो । मुल शक्ति हो, मुल उत्पादक साधक हो । त्यो शक्ति आफूसँग नलिकन समाजवाद स्थापना गर्न सकिँदैन । फेरि पनि कम्युनिष्टहरु बीचको एकता हुनैपर्छ ।’

उहाँले कम्युनिष्टहरुको एकताको लागि आफू पुनः सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनु भयो । —न्युज एजेन्सी नेपाल

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>