देश/प्रदेश

मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यन्वयनमा

Banner

काँक्रेविहार (सुर्खेत), असार १५-

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानसिक स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना सम्बन्धी छलफलमा उहाँले पछिल्लो समयमा मानसिक समस्या भएका बिरामी बढ्दै गइरहेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “बालबालिका, वयस्क, ज्येष्ठ नागरिक सबै मानसिक समस्याबाट पीडित छन् । यसको प्रवर्धनात्मक, निरोधात्मक र प्रचारात्मक कार्यक्रम गर्नुपर्छ ।” मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार गरिसकेको जानकारी दिनुभयो ।

सो सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न बजेट, योजना बनाएको बताउनुभयो । साथै कार्ययोजना अनुसार नै प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेशका युवा तथा बालबालिकाको विद्यमान अवस्थाबारे जानकारी गराउँदै मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले पछिल्लो समय कर्णालीका बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या चुनौतीका रूपमा देखापरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनचेतनाको अभावले अझै पनि झारफुक र धामीझाँक्रीको भरमा उपचार पर्नुपर्ने अवस्था छ ।” सिएमसी नेपालका प्राविधिक निर्देशक डा पशुपति महतले कर्णाली प्रदेशले मानसिक स्वास्थ्य समस्या समाधानका लागि पहिलो पटक कार्ययोजना बनाइ न्यूनीकरणका काम गर्न थालेकामा खुसी व्यक्त गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>