अन्तर्राष्ट्रिय

केन्यामा सरकारविरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

Banner

नैरोबी, असार १५-

केन्यामा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको प्रदर्शनका क्रममा कम्तीमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले शनिबार जनाएको छ ।

केन्याली सुरक्षा बलले यही जुन २५ मा प्रदर्शनकारीको भीडमा सिधै गोली हानेको र भागिरहेका प्रदर्शनकारीको पनि मृत्यु भएको अधिकारवादी समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ह्युमन राइट्स वाचका अफ्रिका निर्देशक ओत्सिनो नाम्वायाले प्रदर्शनकारी भाग्न खोज्दा औचित्यबिना भीडमा सिधै गोली चलाउनु केन्या र अन्तर्राष्ट्रिय कानुनअन्तर्गत पूर्ण रूपमा अस्वीकार्य भएको जनाएका छन् । रासस/एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>