राजनीति

पार्टी ठूलो हुँदै गएपछि धेरै पद चाहिन्छः माधव नेपाल

Banner

काठमाडौं, असार १५-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा पदाधिकारीको संख्या थपिनु स्वभाविक भएको बताएका छन् ।

पार्टीको दशौं महाधिवेशनको सन्दर्भमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी ठूलो हुँदै गएपछि पदाधिकारी संख्या थप्नुपरेको प्रतिक्रिया दिए ।

‘सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ । पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ । यसरी बुझे पनि भयो । त्यसो हुनाले पदको विषयलाई अन्य हिसाबले लिन जरुरी छैन’, उनले भने ।

एकीकृत समाजवादीले हालै सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद थपेर पदाधिकारी संख्या थप गरेर २१ बनाएको छ ।

अध्यक्ष नेपालले महाधिवेशन नजिकिएपछि नेताहरुले गरेको भेटघाट र छलफललाई सामान्य रुपमा लिनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>