चितवन विशेष

नारायणीसहित यी नदीमा आकस्मिक बाढीको जोखिम, उच्च सतर्क रहन आग्रह

Banner

काठमाडौं, असार १५-

देशका केही भू-भागमा भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको छ । आज र भोलि कालिगण्डकी, सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नारायणी नदीका अन्य सहायक नदीहरूमा वहाब उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

पर्वत, स्याङजा, गुल्मी, बाग्लुङ, सुर्खेत र आसपासका जिल्ला भएर बहने अधिकांश स–साना नदीहरुमा आब बहाव बढ्ने तथा केही स–सान नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागको भनाइ छ । यी जिल्ला भएर बग्ने नदी तथा खोलाका तटीय क्षेत्रमा अति उच्च सावधानी उपनाउन विभागको आग्रह छ ।

इलाम, पाँचथर, भोजपुर, उदयपुर, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, तनहुँ, कास्की, म्याग्दी, नवलपरासी, पाल्पा, रुपन्देही जिल्ला भएर बग्ने नदी तथा खोलामा पनि बहाव बढ्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>