राजनीति

महामन्त्री डा. मुकुल ढकाललाई रास्वपाले सोध्यो स्पष्टीकरण

Banner

काठमाडौं, असार १४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले स्पष्टीकरण सोधेको छ। रास्वपा पार्टीको अनुशासन आयोगले महामन्त्री डा. मुकुललाई स्पष्टीकरण सोधेको हो।

महामन्त्री ढकालले पार्टीको अनुशासनविपरीत समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए।

इलाम—२ को प्रतिनिधि सभा उपचुनावमा पार्टीले हार व्यहोरेपछि महामन्त्री ढकाल देश दौडाहामा निस्किएका थिए।

तर, महामन्त्री ढकालले अनुशासन आयोगले आफूलाई स्पष्टीकरण सोधेकोबारे थाहा नभएको बताए। उनले स्पष्टीकरण नदिने पनि बताएका छन्। पार्टी सभापतिलेबाहेक अरूले स्पष्टीकरण सोध्ने अधिकार नरहेको भन्दै उनले यसको जवाफ नदिने बताएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>