खेलकुद

टी–२० विश्वकप : उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

Banner

काठमाडौं, असार १५-

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज उपाधि भिडन्त हुँदैछ। अहिलेसम्म एक खेल पनि नहारेको भारत र दक्षिण अफ्रिकाबीच उपाधि भिडन्त हुन लागेको हो।

वेष्ट इण्डिजको बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियममा नेपाली समयअनुसार बेलुकी सवा ८ बजे फाइनल खेल हुने छ । दक्षिण अफ्रिका चोकरको दाग मेटाउँदै पहिलो पटक विश्वकपको फाइनल पुगेको हो भने भारत पनि १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।

सन् २००७ मा टी–२० विश्वकपको उपाधि उचालेको भारतलाई १७ वर्षपछि इतिहास रच्ने सुनौलो मौका पनि छ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपको सेमिफाइनल खेलेको अफगानिस्तानलाई हराउँदै फाइनले यात्रा तय गरेको हो ।

सन् २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डसंग भोगेको हारको बदला लिँदै भारत फाईनलमा पुगेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>